ad ad

समाज


रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १३ घाइते

रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा  १३ घाइते

नेपालखबर
मंसिर १४, २०७६ शनिबार ७:६,

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १३ जना घाइते बनेका छन्।

काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बसलाई ना ५ ख ९१९७ नम्वरको ट्रकले ठक्कर दिँदा १३ जना धाइे भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

बिग्रिएर रोकी राखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिए।

घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .