ad ad

समाज


बाग्लुङकाे काेप्चेमा जीप दुर्घटना, १४ जनाको मृत्यु

बाग्लुङकाे काेप्चेमा जीप दुर्घटना, १४ जनाको मृत्यु

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ५:४३,

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ ।

जिप बिहान ९ः५५ बजे बाग्लुङ बडिगाड गाउँपालिका ७ भीमगिठेमा मध्यपहाडी लोकमार्गबाट ५ सय मिटर तल खोलामा खसेको थियो। जिपमा १८ जना यात्रा गरिरहेका थिए।

एक जना हराइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .