ad ad

समाज


सर्वोच्चको न्यायाधीशका लागि तीनजना सिफारिस, ल क्याम्पसका प्रमुख पनि परे

सर्वोच्चको न्यायाधीशका लागि तीनजना सिफारिस, ल क्याम्पसका प्रमुख पनि परे

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १८:१२, काठमाडौँ

न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको बैठकले दुई जना उच्च अदालतका न्यायाधीश र एक जना ल क्याम्पसका प्रमुखलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो। 

उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दिक्षित र न्यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ। 

यस्तै नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीलाई पनि सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र मीरा खड्काले अवकाश पाएका थिए।

यस्तै हालका कामु प्रधानन्यायाधीश दिपक कार्की असोजमा अवकाश हुँदैछन्।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि मंसिरमा अनिवार्य अवकाश हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .