नेवाः सभ्यता र संस्कृतिमाथि डोजर चलाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध प्रदर्शन भएको छ। शनिबार काठमाडौंको ‘कोर सिटी’मा आयोजित एक प्रदर्शनमा डोजर चलाएर आतंकित बनाइएको भन्दै नेवार समुदायले आपत्ति जनाएका छन्।
‘कोर सिटी’ स्थानीयले शनिवार साँझ बाङ्गेमुढा चोकमा एक खबरदारी सभा आयोजना गर्दै महानगरपालिका विरुद्ध प्रदर्शन गरेको हो। साथै, महानगरपालिकालाई गुण्डागर्दी समेत नगर्न आग्रह गरिएको छ।
‘मेयर बालेन मुर्दावाद, वडाध्यक्ष मुर्दावाद, मेयर बालेन होसियार, डोजर आतंक बन्द गर’ लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए। साथै, मेयर शाहको पुत्ला समेत जलाइएको छ।
वडा नं २८ का वडाध्यक्षविरुद्ध पनि स्थानीयले नारा लगाएका थिए।
बाङ्गेमुढाको त्वाःछेँ भवन (सामुदायिक भवन)मा महानगरपालिकाले शुक्रबार डोजर चलाएको थियो। त्यसपछि यहाँका स्थानीयहरु विरोधमा उत्रिएका छन्।
नेवार समुदायको आन्दोलनमा सुमन सायमी लगायतले साथ दिएका छन्।
Shares
प्रतिक्रिया