ad ad

समाज


प्रहरीलाई घुस दिने पक्राउ

प्रहरीलाई घुस दिने पक्राउ

नेपालखबर
पुस २, २०७६ बुधबार १५:२३,

गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

रुपन्देही वसन्तपुर गाउँपालिका–४ का जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा रु १५ हजार घुस दिँदै गरेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै आयोगले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवलाई नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .