सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ मा एक जना मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन्।
उक्त गाउँपालिकास्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउमा शनिबार बिहान मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार मतदान अधिकृत राय बेलुका खाना खाएर सुतेका थिए। तर आज बिहान ४ बजे उनी ओछ्यानमै मृत भेटिएको उनले जानकारी दिए।
घटना अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको र शव पोस्टमार्टमा लागि जिल्ला अस्पताल फाप्लु लगिएको प्रहरी निरीक्षक साहले जानकारी दिए।
उनका अनुसार सर्लाहीको हरिपूर्वा नगरपालिका ६ स्थायी ठेगाना भई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ स्थित आयुर्वेद अस्पतालमा कार्यरत थिए।
‘उहाँलाई चाहिँ सुगर, प्रेसर, मुटु रोग रहेछ, औषधि खाइरहनुभएको थियो रे’, प्रहरी निरीक्षक साहले नेपालखबरसँग भने। तर शव पाेस्टमार्टमपछि मात्र मृत्युको कारण एकिन गर्न सकिने प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया