बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद छन्।
डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गएराति दुर्घटनामा परेको हो।
चालक मात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। रासस
33
Shares
प्रतिक्रिया