ad ad

समाज


सुनकाण्डमा मुछिएका डीएसपी ठगबहादुर केसी निलम्बित

सुनकाण्डमा मुछिएका डीएसपी ठगबहादुर केसी निलम्बित

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०७९ बिहिबार १८:५०, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन्। 

प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको सिफारिस अनुसार गृहमन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको हो। 

हरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले केसीलाई गृहमन्त्रालयले निलम्बन गरेको जानकारी दिएका छन्।

सुनकाण्डमा मुछिएपछि नक्सालले प्रहरी नियन्त्रणमा रहेका केसीलाई निलम्बनका लागि गृहमन्त्रालयमा पत्राचार गरेको थियो।

केसीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित बुटवलबाट नियन्त्रणमा लिएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।

सीआईबीको टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो। 

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको विषयमा अनुसन्धान गर्न सीआईबीको टोली बुटवल पुगेको थियो। 

बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली खटाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .