मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र बकैया गाउँपालिका १२ ठिङ्गनको सीमामा डढेलो लागेको प्रहरीले जनाएको छ।
ठूलो धुवाँको मुस्लो देखिएपछि कुनै दुर्घटना भएको आशंकामा प्रहरी र सेनाको टोली सो स्थान पुगेको थियो।
सामाजिक सञ्जालमा विमान दुर्घटना भएको हल्ला पनि चलेको थियो।
तर,मकवानपुरका एसपी मुकेश सिंहले प्रहरी टोलीले डढेलो निभाएर फर्केको बताए।
‘वनमा डढेलो लागेको रहेछ। त्यो गोठालाहरु हिँडने बाटो हो। अहिले आगो नियन्त्रणमा आइसकेको छ,’ उनले भने।
प्रतिक्रिया