ad ad

समाज


तराईमा हुस्सु/कुहिरो, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

तराईमा हुस्सु/कुहिरो, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फाइल तस्बिर : सर्लाहीकाे हरिवनस्थित पूर्वपश्चिम राजमार्ग


नेपालखबर
पुस २६, २०७९ मंगलबार ६:५५, काठमाडौँ

हाल (मंगलबार बिहान) सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र देशका बाँकी स्थानमा आंशिक बदली (आकाशमा थोरै बादल) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

मौसमविद् बिनु महर्जनका अनुसार ३ हजार मिटरभन्दा अग्ला भूभागलाई उच्च पहाडी क्षेत्र मानिन्छ, जसमा काठमाडौँ उपत्यका पर्दैन। 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस रहेको मौसमविद् महर्जनले जानकारी दिइन्। उक्त तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भूभागमा बाक्लो  हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .