झापाको गौरादह नगरपालिका-१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा ७२ वर्षीया तुलसा दाहाल रहेकी छन्।
बिहीबार अपरान्ह ३ बजे माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे. १ ख २६७६ नम्बरको बसले ठक्कर दिदा घाइते भएकी दाहालको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।
ठक्कर दिने बस र चालक गौरादह-२ का अमरलाल ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
24
Shares
प्रतिक्रिया