ad ad

समाज


सन्दीपलाई छाड्न अदालतको पत्र कारागार पुग्यो

सन्दीपलाई छाड्न अदालतको पत्र कारागार पुग्यो

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १३:२३, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछाने केहीबेरमै थुनामुक्त हुने भएका छन्। उनलाई रिहा गर्नका लागि जिल्ला अदालत काठमाडौंले केन्द्रीय कारागार सुन्धारामा पत्र पठाएको हो। 

अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए जबरजस्ती करणीको मुद्दामा रिहा गर्न भनिएको छ। सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार अदालत खुल्नासाथ धरौटी बापत नगद २० लाख रुपैयाँ जिल्ला अदालत काठमाडौंमा बुझाएका थिए।

धरौटी बुझाएसँगै अदालतले कारागारलाई पत्र पठाएको हो। अब कारागारले स्वास्थ्य परीक्षण गरेर सन्दीपलाई अदालत पठाउने छ। अदालतमा सन्दीपले तारिख बुझ्नेछन्। 

उच्च अदालत पाटनले बिहीबार सन्दीपलाई धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको थियो। 

जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश बदर गर्न माग गर्दै उच्च अदालतमा गएका थिए। 

उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।   

उक्त आदेशअनुसार रिहा गर्न अदालतले कारागारमा पत्र पठाएको हो। भदौ ६ गते एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप सन्दीपमाथि छ। 

असोज २० गते विमानस्थलबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो। कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो। 

तीन महिना एकसाता थुनामा बसेपछि उनी रिहा हुन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .