अकुपाई टुँडिखेल अभियानमा काठमाडौँ महानगरपालिकाले हस्तक्षेप गरेको छ।
टुँडिखेललाई संरक्षण गर्दै अतिक्रमण मुक्त गराउन उद्देश्यका साथ सुरु गरिएको ‘अकुपाई टुडिखेल’ को आठौं हप्ताको कार्यक्रममा महानगरपालिकाले हस्तक्षेप गर्दै महानगरपालिकाले अवरोध गरेको छ।
अभियान अन्तर्गत शनिबारको कार्यक्रम खुलामञ्च क्षेत्रमा रंगरोगन गर्ने र कला बनाउने थियो। सोही अभियानअन्तर्गत पुगेका कलाकारलाई प्रहरीले मेयरसाबको आदेश भन्दै रोकेको हो।
एक अभियान्ताले मेयरको आदेशमा जनसेबाबाट दुई गाडी प्रहरी आएर आफूहरुको कार्यक्रममा अबरोध गरेको बताए।
उनले आफूहरुले सार्वजनिक सम्पत्ती मेयरको मात्रै नभइ आफूहरुको पनि दायित्व भएको भन्दै जबर्जस्ती कार्यक्रम गरेको जानकारी दिए।
सो अवसरका कलाकारहरुले ‘घाँस उर्मन दिनुहोस्, हावा वहन दिनुहोस्’ शीर्षकमा पेन्टिङ गरिएको थियो।
प्रतिक्रिया