कञ्चनपुरको भीमदत्तनगरस्थित मालपोत कार्यालयका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खरिदार ललिता रोकायालाई एक लाख ५० हजार रुपैयाँ घुससहित पारस डेरीबाट पक्राउ गरेको हो।
उजुरीको आधारमा आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले रोकायालाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस रिसवत लिएको अवस्थामा नियन्त्रणमा लिएको हो।
भीमदत्त नगरपालिका वडा नं. ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भनी आलटाल तथा ढिलासुस्ती हैरानी दिएको अख्तियारले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया