ad ad

समाज


बढ्दै गर्मी, कति पुग्यो तापक्रम?

बढ्दै गर्मी, कति पुग्यो तापक्रम?

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०७९ शनिबार ७:१४, काठमाडौँ

केही दिनयता गर्मी बढ्दै गएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक हप्तायता तापक्रम उकालो लागिरहेको छ। 

‘गर्मी क्रमशः बढ्दो छ’, मौसमविद् पौडेलले शनिबार बिहान नेपालखबरसँग भने, ‘काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम अहिलेसम्म २९ डिग्री सेल्सियस पुगेको छ भने सबैभन्दा बढी गर्मी भएका जनकपुर, भैरहवातिर अधिकतम तापक्रम ३६ डिग्री सेल्सियससम्म पुगेको छ।’

मौसमविद् पौडेलका अनुसार तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ। ‘तर यसो भनेर दिनदिनै तापक्रम बढ्छ भन्ने हुँदैन’, उनले भने, ‘आकाशमा बादल लागेको दिन तापक्रम केही घट्न सक्छ भने हावा चल्दा तापक्रम स्थिर रहन्छ।’ तर पनि सामान्यतया गर्मी बढ्दो क्रममा नै रहने उनले बताए। 

यसैबीच आज बिहान ६:४५ को मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस रहेको मौसमविद् पौडेलले बताए। उनका अनुसार गर्मी महिनामा गर्मीको मात्रा अधिकतम तापक्रमले जनाउँछ भने जाडो याममा न्यूनतम तापक्रमले चिसोको मात्रा थाहा हुन्छ। 

‘अधिकत तापक्रम बढ्दै जाने क्रममा न्यूनतम तापक्रम पनि केही बढ्छ’, उनले भने। 

आजको मौसम
स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला (शनिबार बिहान) कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा आंशिक बदली (थोरै आकाशमा बादल) र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कर्णाली प्रदेशको पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

आज काठमाडौँ उपत्यकाको मौसम कस्तो रहला?
मौसमविद् वरुण पौडेलका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आांशिक बदली (थोरै आकाशमा बादल) रहनेछ। ‘पानी पर्ने त्यस्तो ठूलो सिस्टम अहिले छैन’, उनले भने, ‘बेलुकीपख छिटपुट र क्षणिक वर्षाचाहिँ हुनसक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .