ad ad

समाज


मिटरब्याज पीडित र सरकारी प्रतिनिधिको वार्ता सकारात्मक

मिटरब्याज पीडित र सरकारी प्रतिनिधिको वार्ता सकारात्मक

नेपालखबर
चैत २७, २०७९ सोमबार १६:३९, काठमाडौँ

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ।

सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए।

उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताए।

उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको पनि बताए। 

यसअघि पीडितहरुसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको बताए।

उनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताए। उनले मंगलवार मिटरब्याजी पिडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी वार्ता सकिएको बताए। 

उनले मिटरब्याजी पिडितहरु राज्यले समाधान गर्ने विषयमा संवेदनशिल नदेखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .