ad ad

राजनीति


प्रसाईसँग २ करोड मागेको प्रकरण : सांसद ढाकाले पार्टीमा बुझाए लिखित स्पष्टीकरण

प्रसाईसँग २ करोड मागेको प्रकरण : सांसद ढाकाले पार्टीमा बुझाए लिखित स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०७९ सोमबार १६:४०, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले लिखित स्पष्टीकरण बुझाएका छन्। 

उनले डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचारण समितिलाई लिखित स्पष्टीकरण सोमबार ईमेलमार्फत बुझाएका हुन्।

'उहाँ (ढाका)ले ईमेलमार्फत चार पृष्ठ लामो स्पष्टीकरण पठाएको खबर गर्नु भएको छ', देवकोटाले नेपालखबरसँग भने, 'तर हामीले खोलेर अध्ययन गर्न भ्याएका छैनौँ।'

रास्वपामा डा. देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समिति छ। जसको सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने छन्। यही समितिको निर्णयका आधारमा रास्वपाले श्रेष्ठमाथि थप कारबाही अघि बढाउने भएको छ। 


यसअघि आइतवार विज्ञप्ति निकालेर श्रेष्ठले आफूले २ करोड रुपैयाँ मागेको भनेर सार्वजनिक अडिओको आवाज आफ्नो नभएको दाबी गरेका थिए। 

उक्त अडियोमा श्रेष्ठले आफ्ना सभापति रवि लामिछानेका मान्छेले मन्त्री बन्ने भए २ करोड बुझाउन भनेको र त्यो पैसाको व्यवस्था गरिदिन प्रसाईंसँग अनुरोध गरेका थिए। तर आफ्नो भनेर प्रसारित त्यो आवाज आफ्नो नभएको दाबी सांसद श्रेष्ठले गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .