ad ad

समाज


डीआईजी सरुवा : ट्राफिकमा पोखरेल, विशेष ब्यूरोमा जोशी

डीआईजी सरुवा : ट्राफिकमा पोखरेल, विशेष ब्यूरोमा जोशी

नेपालखबर
चैत २८, २०७९ मंगलबार १९:२, काठमाडौँ

नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरुलाई काजमा खटाउने निर्णय गरेको हो। 

प्रहरीको केन्द्रीय प्रवक्ता समेत रहेका डीआईजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक कार्यालयमा सरुवा गरिएको छ। त्यहाँ कार्यरत मिरा चौधरी एआईजीमा बढुवा भएपछि ट्राफिक कार्यालय प्रमुखबिहिन भएको थियो। 

यस्तै, डीआईजी रामदत्त जोशी विशेष ब्यूरोमा काज सरुवा भएका छन्। ब्यूरोमा कार्यरत सुदीप गिरी एआईजीमा बढुवा भएपछि ब्यूरो रिक्त थियो। जोशी यसअघि योजना तथा अन्वेषण निर्देशनालयमा कार्यरत थिए। 

नेपाल प्रहरीको जनपदतर्फ २० जना डीआईजीको दरबन्दी रहेको छ। तर हाल ७ जना मात्रै कार्यरत छन्। १३ जना डीआईजीको दरबन्दी खालि छ। सरकारले रिक्त डीआईजीमा बढुवा गर्ने तयारी गरेको छ। 

डीआईजी नहुँदा कोशी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मा एसएसपीलाई दिइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .