ad ad

समाज


खमारीको रुख र गोरुको छालाबाट जन्मियो नेपाली धुन (भिडिओ)


नेपालखबर
बैशाख ५ , काठमाडौँ

देशको कुनाकाप्चामा घुमेर नेपाली मौलिक धुनमाथि अनुसन्धान गरेकी संगीत सर्जक झुमा लिम्बु अन्तर्राष्ट्रिय मन्चमा नेपाली गीत संगीतको पहिचान स्थापित गराउने कर्ममा दत्तचित्त छिन्।

बरिष्ठ संगीतज्ञ अम्बर गुरुङको कान्छि चेली झुमाले कुनैबेला नेपालमा आयोजित एउटा अन्तर्राष्ट्रिय समारोहमा ‘क्वायर‘ गाउँदा नेपालीको मौलिक संगीत नै नभएको तिक्ष्ण ब्यङ्ग्य सुनेपछि रातभर निदाउन सकिनन्। 

त्यतिबेलै उनले नेपालको मौलिक संगीत उत्खननमा दिलोज्यान लगाउने प्रण गरिन र झोला भिरेर र हिंडिन्, देशदेशावर।

झुमा विभिन्न जातजातिका संस्कृतिभित्र घोत्लिन थालिन्।

सुरुमा आफ्नै जाति लिम्बुको मुन्धुमको गहिरो अध्ययन गर्न थालिन्। पालाम र ख्यालीमा लुकेको मौलिकताको पत्र उप्काउन थालिन्।

लामा–झाँक्री, धामी नाच र तिनका मन्त्र सहित रोधि, घाँटु, झ्याउरे लगायतका नाच र गीतहरूको धुनमा डुब्न थालिन्। लामो परिश्रमको परिणाम अगाडि थियो– झुमाले नेपाली संगीतको गहिराई भेटिन्।

अहिले सम्म नेपाली भन्दै गाउँदै आइएको हिन्दी संगीतको वर्चश्वमाथि प्रश्न उठाउँदै आएकी झुमाले आफूले देशको कुनाकाप्चामा लुकेर बसेको विविध  जातजातिका संगीतको धुनलाई बिश्वमन्चमा ल्याएर भनिन्–‘ल हेर यो हो नेपाली गीत संगीत।’

झुमाले अहिले बजार पिटिरहेको लिम्बू समुदायको कथामा बनेको जारी फिल्ममा दिएको पार्श्व संगीतको पनि निकै तारिफ भइरहेको छ। 

नेपाली गीत संगीतकी सर्जक झुमाले नेपाली मौलिक धुन तयार पार्न आफ्नै नेतृत्वमा गाजाबाजाको सेट नै तयार पारेकी छन्।

उनै सर्जकलाई नेपालखबर मल्टिमिडिया टिमले झम्सिखेलस्थित उनको स्टुडियोमा पुगि नेपाली बाजा निर्माणको इतिबृत्तान्त खोतलेको थियो।

फोटो/भिडिओ : विशाल कार्की/नेपालखबर

बैशाख ५, २०८० मंगलबार २२:३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .