ad ad

समाज


महाकाली किनारमा भेटियो मजदुरको शव

महाकाली किनारमा भेटियो मजदुरको शव

नेपालखबर
बैशाख ६, २०८० बुधबार ९:४६, काठमाडौँ

भीमदत्त नगरपालिका–१३ स्थित महाकाली नदी किनारमा एक जना मजदुरको शव फेला परेको छ।

निर्माणाधीन चार लेन पक्की पुलको दक्षिणतर्फको नदी किनारमा शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार वडा नं. १२ घर भएर महाकालीमा बालुवा छपानको काम गर्ने ६५ वर्षीय रामस्वरुप सुनारको शव आज बुधबार बिहान भेटिएको हो। स्थानीयले त्यसको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ।

मृत्युको कारण खुलेको छैन।

प्रहरीका अनुसार उनको शरीरमा कुनै पनि प्रकारका घाउचोट छैन। शवको पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .