डा. अनिल बरालले वीर अस्पतालमै दक्ष जनशक्ति र स्रोत साधन हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेललाई उपचार गर्न किन विदेश लगिएको हो भनी प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै डीएम नेफ्रोलोजी डा. बरालले राष्ट्रपतिलाई उपचार गर्न भारत लैजानुपर्ने कारण देशले थाह पाउनुपर्ने बताए।
‘एम्सबाटै छाती रोग विषयमा डीएम उपाधि हासिल गरेका ३ जना वरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत हुनुहुन्छ। स्रोत र साधन पनि अहिले राम्रै छन् यहॉ’ उनले ट्वीट गरेका छन्, ‘के कारणले विदेश लान परेको हो, देशले थाहा पाउनुपर्ने हैन र? हामी त सधैँ कोही र केही नहुनेलाई मात्र हेर्ने डाक्टर भैयो छ्या!’
राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आजै भारत लगिएको छ। उनको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार सुरु भएको छ।
के कारणले विदेश लान परेको हो,देशले थाहा पाउनुपर्ने हैन र ?AIIMS बाटै छाती रोग विषयमा DM उपाधि हासील गरेका ३ जना बरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत हुनुहुन्छ ! स्रोत र साधन पनि अहिले राम्रै छन् यहॉ
हामी त संधै कोहि र केहि नहुनेलाई मात्र हेर्ने डाक्टर भैयो छ्या !— Anil Baral (@pokhrelinephro) April 19, 2023
Shares
प्रतिक्रिया