भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा थप १० जना पीडितले जाहेरी दिएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनीहरुले जाहेरी दिएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाल लगायतले आफूहरुलाई ठगेको जाहेरीमा उल्लेख छ। २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि प्रलोभनमा पारी ठगी गरेको उल्खे छ।
जाहेरी दिने पीडितहरु कास्की, दाङ, मोरङ र रुकुम जिल्लाका रहेका छन्। उनीहरुको करिव ५ करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी गरेको आरोप छ।
१० वटा छुट्टा छुट्टै किटानी जाहेरी दरखास्त परेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी राठौरले बताए।
135
Shares
प्रतिक्रिया