सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ।
बुधबार नदीमा डुबेका तीन जनामध्ये सशस्त्र प्रहरीले एक जनाको शव फेला पारी नदीबाट बाहिर निकालेको छ। अन्य दुई जनाको खोजीकार्य भइरहेको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घटनाबारे जानकारी पाएपश्चात नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डीएम) तालिम प्राप्तसहितको टोलीले झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपानेको शव नदीबाट बाहिर निकालेको हो।
न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाई र झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने आज बिहान नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए।
Shares
प्रतिक्रिया