भेरी करिडोरअन्तर्गत जाजरकोट–रुकुमपश्चिम हुँदै डोल्पा जोड्ने भेरी नदीमाथि निर्माण पूरा हुन लागेको बेलिब्रिज भाँचिदा घाइते ९ मध्ये दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा पुल निर्माणमा संलग्न कामदार हुन्। उनीहरु दुवैजना भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुमपश्चिका प्रहरी निरीक्षक विक्रम सुवेदीले मृत्यु हुनेमा भारतीय नागरिक ४० वर्षीया धमेन्द्र गौतम, ३५ वर्षीया पुरुषउत्तम कुमार विक्रम रहेका बताए।
उनका अनुसार अन्य घाइते सातमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा भारतीय २५ वर्षीय सञ्जयकुमार गौतम, ४५ वर्षीय राजकुमार रहेका छन्। घटनामा परेका पाँचजना सामान्य घाइते रहेका छन्।
सामान्य घाइते हुनेमा २४ वर्षीय निरजकुमार चौधरी, १८ वर्षीय सोनुकुमार गौतमा, ५० वर्षीया महिकु गौतम, गोरखनाथ चनार घाइते भएका छन्।
प्रहरीका अनुसार उनीहरु सबै भारतीय नागरिक हुन्। यस्तै, गुलरिया नगरपालिका–१० बर्दियाका ३८ वर्षीय गोपाल हरिजङ्ग घाइते भएका छन्।
उनको टाउकोमा चोट लागेको प्रहरी निरीक्षक सुवेदीले नेपालखबरलाई जानकारी दिए।
प्रहरीका अनुसार भेरी करिडोर अन्तर्गत डोल्पा जाने सडकखण्डकै जाजरकोट नलगाड नगरपालिकाको तल्लुबगर र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ को गोतामकोट जोड्ने निर्माणधीन पुलको काम गर्दै गर्दा बिहीबार मध्यान्ह साढे १२ बजे भाचिँएको थियो।
एक्कासि पक्की पुल भाँचिदा ९ जना कामदार भेरी नदीमा खसेका थिए। प्रहरी र स्थानीयको सहयोगमा उनीहरुको उद्दार गरेर उपचारका लागि जाजरकोटको तल्लुस्थित प्रथामिक स्वास्थ्य केन्द्र (नलगाड अस्पताल) पठाइएको थियो।
मृतक दुईको शव उक्त अस्पतालमा राखिएको छ। अन्य ४ जनाको उपचार सोही प्रथामिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।
यस्तै, उक्त अस्पालमा रहेका प्रहरी निरीक्षक सुवेदीका अनुसार गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट कर्णादी प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाउने तयारी भइरेको छ।
Shares
प्रतिक्रिया