राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड गरिएको छ।
रास्वपा सभापति रवि लामिछानेको सचिवालय सदस्य प्रकाश सिग्देलका अनुसार दमौली बजारस्थित सन्तोष होटलअगाडि पार्किङ गरिएको बा ११ च ४२५० नम्बरको कारमा तोडफोड गरिउको हो।
कारको पछाडि बायाँतर्फको ढोकाको सिसा फोडिएको उनले बताए। वाग्ले सन्तोष होटलमा बसेका थिए।
यसअघि नेपाली कांग्रेसमा रहेका अर्थविद् स्वर्णिम वाग्ले उपचुनावको उम्मेदवारी दर्ताभन्दा केही दिनअघि मात्र रास्वपा प्रवेश गरेका थिए।
यही वैशाख १० गते तनहुँ १ सहित बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदै छ।
954
Shares
प्रतिक्रिया