ad ad

समाज


सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ जारी

सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ जारी

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १४:३७, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छ।  

न्यायाधीश दीपक ढकालको इजलासमा केही बेरअघि लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको हो। 

आजका लागि पेसी तोकिएका सन्दीपविरुद्धको मुद्दाभन्दा अगाडि रहेका सबै मुद्दाको सुनुवाइ सकिएकाले उनीविरुद्धको मुद्दाको पालो आजै आएको हो। आज पेसी चढेका सन्दीपविरुद्ध मुद्दाभन्दा पछाडिका मुद्दा भने हेर्न नभ्याइनेमा राखिएको अदालतले जनाएको छ। 

सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमण श्रेष्ठ तथा अधिवक्ता सरोजकृष्ण घिमिरेलगायतले बहस गरिरहेका छन्। वादीका तर्फबाट सरकारी वकिल र केही निजी वकिलले बहस गर्ने तयारी छ।

मुद्दाको सुनुवाइ सकिए पनि आजै फैसला आउने निश्चित हुँदैन। 

यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको  बकपत्र सकाइएको थियो। यससँगै मुद्दाको फैसलाका लागि आज अन्तिम सुनुवाइ सुरु गरिएको हो। 

एक किशोरीले सन्दीपविरुद्ध बलात्कार अभियोगमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरेको थियो। 

कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश सरोजकृष्ण घिमिरे घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत पाटनले बदर गरेपछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भए।  

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो।

थुनामुक्त भएपछि राष्ट्रिय टोलीबाट सन्दीपले नियमित क्रिकेट खेलिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .