ad ad

समाज


फ्लाई दुबईको जहाजबाट कोटेश्वरको आकाशमा आएको पटक पटक ठूलो आवाज

फ्लाई दुबईको जहाजबाट कोटेश्वरको आकाशमा आएको पटक पटक ठूलो आवाज

नेपालखबर
बैशाख ११, २०८० सोमबार २१:५६, काठमाडौँ

काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा तत्कालै आगो लागेको छ।

कोटेश्वरको आकाशबाट इमाडोलतिर पुग्दै गर्दा जहाजमा बम पड्केको जस्तो आवाज तीन-चार पटकसम्म आएको थियो।

जहाजमा आगोको लप्कासाहित बम जस्तै आवाज आएपछि कोटेश्वर, जडीबुटी, टीकाथली र इमाडोल क्षेत्रका बासिन्दा आत्तिँदै बाहिर निस्किएका थिए।

यो जहाज काठमाडौंबाट दुवईका लागि राति ९ बजेर २३ मिनेटमा उडेको थियो।

जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गराउने तयारी भइरहेको  त्रिभुवन विमानस्थल सुरक्षाले जानकारी दिएको छ।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .