ad ad

समाज


सर्लाहीका सुदखोर पीडितलाई आईजीपीले भने : परदेशीलाई तह लगायौँ, राय र रौनियारलाई पनि छाड्दैनौँ

सर्लाहीका सुदखोर पीडितलाई आईजीपीले भने : परदेशीलाई तह लगायौँ, राय र रौनियारलाई पनि छाड्दैनौँ

नेपालखबर
पुस २३, २०७६ बुधबार १०:३६,

सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन्। ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन्। फिर्ता नगर्ने राय र रौनियारका साँवा ब्याजसहित पैसा चुक्ता गर्दा समेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयको आरोप छ।

सर्लाहीका राजु कुुुसवाहले रामबाबु रायबाट ९ लाख रुपैयाँ ऋण लिएर २७ लाखको कपाली तमसुख बनाए। ब्याज समेतको रकम गरी १९ लाख ७३ हजार चुक्ता गर्दा पनि उनको तमसुख च्यातिएको छैन्। कुसवाह मात्रै होइन सर्लाही लगायतका जिल्लाका अधिकांश स्थानीय रायबाट पीडित छन्। ऋण दिने र तीन गुणाबढीको कागज बनाएर घर जग्गा समेत आफ्नो नाममा राख्ने गरेको स्थानीयहरुले बताउँदै आएका छन्।

विकाउ रायले उनीबाट २ लाख रुपैयाँ ऋण लिएर ६ लाखको तमसुख बनाए साथै दुई विघा एक कट्ठा जग्गा उनको नाममा गरे। तर, ५० हजार एक पटक र अर्को पटक ७३ हजार गरी एक लाख २३ हजार चुक्ता गर्दा समेत उनले आफ्नो जग्गा फिर्ता नपाएको बताए।

सञ्जय रौनियारबाट जग्गा किन्न भनेर एक करोड ऋण लिएका रविन्द्र कुसहवालाई उनले तीन करोडको कागज बनाए। पूख्र्यौली सम्पत्तिमध्ये ३४ कट्ठा घडेरीसहित ४० कट्ठा जग्गा उनले आफ्नो साहुको नाममा गरिदिए। तर, अहिले रौनियारले कुसहवाको २ करोड ५५ लाख बराबरको घडेरी र जग्गा बिक्री गरिसकेका छन्। पटक पटक आफ्नो जग्गा नबेच्न आग्रह गर्दा समेत रोनियारले जग्गा बेच्न छोडेका छैनन्। रौतियारलाई भेट्न खोज्दा समेत विभिन्न बाहना गरेर भेट्न नै नखोज्ने गरेको गुनासो कुसहवाले गरे।

 देवी महतोले ३५ हजार ऋण लिएर ४ कट्ठा जमिन साहुको नाममा गरे। १ लाख ५० हजार तिरेर जग्गा फिर्ता माग्न जाँदै उल्टै तीन लाख थप माग गरियो र उनको परिवारलाई घरबाट नै निकालियो। न्यायको खोजीमा महतो राजधानी आएका छन्। न्याय खोज्दै आएका उनीहरुले बुधबार महान्यायाधीवक्ता अग्नि खरेल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग भेट गरी न्याय दिलाइदिन माग गरेको छन्।

भेटमा महान्यायाधीवक्ता खरेलले ठगहरुलाई पक्राउ गरी जग्गा फिर्ता गर्ने आश्वासन दिँदै स्थानीय प्रशासनमा उजुरी दिन आग्रह गरेका छन्। ‘न्यायका लागि भनेर राजधानी आउनुभयो ठिक गर्नुभयो। तर, लिएको पैसा भन्दा तीन गुणा बढीको कागज तपाईंहरुले पनि गल्ती गर्नुभएको छ। अहिले जे जे बोल्नुभएको छ, त्यही कुरा लेखेर प्रहरीमा निवेदन दिनुहोस्। न्याय पाउनुहुन्छ’, उनले भने।

प्रहरी प्रमुख सर्वेन्द्र खनालले श्याम परदेशी लगायतका ठगहरुलाई तह लगाइएको बताउँदै राय र रौनियारलाई समेत नछोड्ने प्रतिवद्धता व्यक्त गरे। ‘सम्बन्धित जिल्लामा उजुरी दिनुहोस् तपाईंहरुले न्याय पाउनुहुन्छ’, पीडितसँग प्रमुख खनालले भने, ‘फटाह बदमासहरुलाई तह लगाउँछौँ।’

राय र रौनियारले स्थानीयहरुको करोडौँ रुपैयाँ ठगेर उनीहरुको जग्गा पनि हडप्ने गरेका छन्। ऋण दिएको पैसाभन्दा तीन गुणाबढीको कागज बनाउने र जग्गा समेत आफ्नो नाममा गरि पैसा चुक्ता गर्दा समेत जग्गा फिर्ता नदिने गरेको स्थानीय बताउँछन। गरिब जनताहरुको पसिनामाथि रजाई गर्ने राय र रौनियार जस्ता ठगहरुलाई सरकारले कारबाहीको दायरमा ल्याएर न्यायको अनुभूति गराउन आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .