ad ad

राजनीति


विदुरले दियो पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

विदुरले दियो पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

नेपालखबर
पुस २३, २०७६ बुधबार १०:०,

पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (विसं १८१९) बनाएर करीब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ।

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए।

नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ। गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .