अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्।
सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिए।
उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन लाने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको हो।
भोटेले हेलिकोप्टरमा सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन्। उनका अनुसार घाइते हुनेमा पाइलट सुरेन्द्र पौडेल पनि छन्।
त्यसैगरी हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए।
उनीहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुग्दैछ। उपचारमा काठमाडौं लाने तयारी भएको भोटेले बताए।
132
Shares
प्रतिक्रिया