ad ad

समाज


नहरमा माछा मारिरहेका ४ जना बालकमाथि ट्याक्टर बजारियो

एक बालकको मृत्यु, ३ जना गम्भीर घाइते
नहरमा माछा मारिरहेका ४ जना बालकमाथि ट्याक्टर बजारियो

नेपालखबर
असोज १७, २०८१ बिहिबार ११:४९, सर्लाही

सर्लाहीमा नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ।

सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका–७ मुसैलीमा आज बिहान ना ३ त १६२ नम्बरको ट्याक्टरले किच्दा १२ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दुर्घटनामा अन्य तीनजना बालक घाइते भएका छन्। सर्लाहीकै खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्वरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँएर नहरमा माछा मारिरहेका बालकहरुमाथि बजारिँदा घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रविलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा स्थानीय जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर, दिनेश साहकै अर्का छोरा १० वर्षीय आर्यन र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर घाइते भएका छन्। घाइतेमध्ये सलमान र जमानलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

सामान्य घाइते आर्यनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .