ad ad

समाज


नेपाल–भारतमैत्री संघद्वारा बल्खुका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण

नेपाल–भारतमैत्री संघद्वारा बल्खुका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण

नेपालखबर
असोज १७, २०८१ बिहिबार १३:६, काठमाडौँ

नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दस लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडिहरूका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो।

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले बताइन्। राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामग्रीहरू रहेको उनले बताइन्।

‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक संघको सम्पूर्ण टिमले आग्रह गरे अनुरुप हामीले राहत सामग्रीहरू खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामानहरु हस्तान्तरण गरेका छौँ। उहाँहरुले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ। अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ। पीडितहरूको हातमा परोस्। अरुको हातमा नपरो,’ उनले भनिन्।

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघको अध्यक्ष डा. अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताए।

बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने बताए।

‘यो जुन राहत हस्तान्तरण गर्नुभएको छ, हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ। भोलि या पर्सि बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .