आज राति चारवटा प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति सुदूरपश्चिम, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
यसबाहेक राति सुदूरपश्चिम ,कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
153
Shares
प्रतिक्रिया