ad ad

समाज


भारतमा शक्तिशाली चक्रवातको चेतावनी, नेपालमा प्रभाव पर्छ?

भारतमा शक्तिशाली चक्रवातको चेतावनी, नेपालमा प्रभाव पर्छ?

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८० मंगलबार ९:३९, काठमाडौँ

भारतमा ‘मोका’ नामको शक्तिशाली चक्रवात आउने चेतावनी जारी गरिएको छ। 

भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने देखिएको छ। 

सोमबार दक्षिणपूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ। चक्रवात यही मे १२ (वैशाख २९) मा बंगलादेश र म्यानमारको तटतर्फ अघि बढ्ने अनुमान गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालमा मोका चक्रवातको प्रभाव यो आँधी तटीय क्षेत्रबाट बंगलादेशतर्फ कति टाढा पुग्छ भन्नेमा निर्भर गर्दछ। 

भारतीय मौसम विभागले पश्चिम बंगाल, ओडिसा र आन्ध्र प्रदेशका लागि पनि अलर्ट जारी गरेको छ।

विभागले साना समुद्री जहाज र माछा मार्नेहरूलाई मंगलबारदेखि बाहिर ननिस्कन आग्रह गरेको छ। साथै मे १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न र नजिकबाट निगरानी राख्न भनिएको छ।

सोमबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले विज्ञप्ति जारी गर्दै चक्रवातबाट डराउनुपर्ने आवश्यकता नरहेको बताएकी छन्।अप्ठ्यारो परेमा तटीय क्षेत्रका जनतालाई उद्धार गरिने उनले उल्लेख गरेकी छन्।

नेपालमा प्रभाव पर्ला? 
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अहिलेसम्म त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना नदेखिएको बताएका छन्। 

नेपालखबरको जिज्ञासामा महाशाखाका मौसमविद् राजु प्रधानांगले मंगलबार बिहान भने, ‘अहिलेसम्म हेर्दा त्यो चक्रवातको प्रभाव नेपालमा पर्ने देखिँदैन, त्यो बंगालको दक्षिण–पूर्वी भागमा बनेको छ र त्यसले उत्तर–पूर्वी म्यान्मारतिर असर गर्ने देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .