ad ad

समाज


हाडनाता करणीबाट गर्भवती भएकी १५ वर्षीया किशोरीको हेलिकप्टरबाट उद्धार

हाडनाता करणीबाट गर्भवती भएकी १५ वर्षीया किशोरीको हेलिकप्टरबाट उद्धार

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०८१ बिहिबार १०:४९, बाजुरा

जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। 

बाजुराको पूर्वीउत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको थियो। 

जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो। किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको मण्डलले बताए। 

हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .