जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ।
ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालेको हो। सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारवाही अघि बढाएको छ।
प्रशासनले पक्राउ परेकाहरुबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ। प्रमुख जिल्ला अधिकारी(सीडीओ) हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताइन्।
उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजार सम्म रकम लिएको पाइएको जानकारी दिइन्। उनका अनुसार त्यस्तो रकम पीडितलाई फिर्ता पनि गरिएको छ।
सुनसरी प्रशासनले लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा निगरानी बढाइएको बताएको छ। दर्ताबिना सञ्चालनमा रहेका पसल तथा फर्म बन्द पनि गरिएको सीडीओ पाण्डेले जानकारी दिइन्।
Shares
प्रतिक्रिया