ad ad

समाज


सोनम शेर्पाले गरे सातै महादेशका अग्ला चुचुराको सफल आरोहण

सोनम शेर्पाले गरे सातै महादेशका अग्ला चुचुराको सफल आरोहण

नेपालखबर
जेठ ३, २०८० बुधबार १०:४४, काठमाडौँ

यति एयरलाइन्स र तारा एयरका कार्यकारी अध्यक्ष  ल्हाक्पा सोनाम शेर्पाले सातवतै महादेशका अग्ला चुचुरोमा सफल आरोहण गरेका छन्। 

विहान ७ बजे ३३ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। यसअघि उनले ६ वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका थिए। 

५७ वर्षीय शेर्पाले अघिल्लो वर्ष अर्जेन्टिनामा पर्ने ६ हजार ९ सय ६२ मिटर छ अग्लो अकोन्कागुआ हिमाल आरोहण गरेका थिए। उनले ६ हजार १९४ मिटरको डेनाली, ४ हजार ८१० मिटरको माउन्ट ब्लान्स, ५ हजार ६४२ मिटरको एलब्रस, ५ हजार ८९५ मिटरको मिलिमन्जारो, ४ हजार ८८४ मिटरको पन्चक जया, २ हजार २२८ मिटरको कोसुसियोस्जुको,  ४ हजार ८९२ मिटरको भिन्सन हिमालको आरोहण गरिसकेका छन्।

उनी एयरलाइन्ससँगै ट्रेकिङ कम्पनीदेखि होटल व्यवसायमा आवद्ध रहेका छन्।

ल्हाक्पा सोनम शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .