पछिल्लो २४ घण्टामा पूर्वतर्फ देशका ६ स्थानमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ५:५० बजे गरेको अपडेटअनुसार गत २४ घण्टामा सिन्धुपाल्चोका २, मोरङका २, इलाम र पाँचथरका एक/एक स्थानमा भारी (५० मिलिमिटरभन्दा बढी) वर्षा भएको हो।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँका पनि २ स्थानमा झन्डै भारी वर्षा भएको छ।
हेर्नुहोस् विवरणः
-मोरङको बाहुनीमा ८८.८ मिलिमिटर
-मोरङकै हरैँचामा ७३.६ मिलिमिटर
-सिन्धुपाल्चोकको बाँखर्कमा ६५.४ मिलिमिटर
-सिन्धुपाल्चोकको धापमा ५७.२ मिलिमिटर
-इलामको कन्याम टी स्टेटमा ६४.२ मिलिमिटर
-पाँचथरको फिदिममा ५०.८ मिलिमिटर
-काठमाडौँको सुन्दरीजलमा ४७.४ मिलिमिटर
-काठमाडौँको कपनमा ४२.६ मिलिमिटर
510
Shares
प्रतिक्रिया