रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित बगाहा इलाकाबाट जेठ ३ गते सशस्त्र प्रहरीले ७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अबैध रुपले नेपालतर्फ ५ वटा साइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) ले बरामद गरेको हो।
सशस्त्र प्रहरीलाई देख्नासाथै साइकल र सामान छाडी व्यक्तिहरु भने फरार भएका थिए।
बरामद लत्ताकपडा र साइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
27
Shares
प्रतिक्रिया