बर्दियामा यातायात बन्द गर्न खोज्ने लघुवित्त पीडित पक्राउ परेका छन्।
यातायात सेवामा अवरोध गर्न खोज्ने गुलरिया नगरपालिका–५ बस्ने वर्ष ३४ की रंजित शाह र वडा नं ८ का ३५ वर्षीय राजेश कुर्मीलाई गुलरिया बसपार्कबाट प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए।
लघुवित्त ज्यादती विरुद्ध संघर्ष समिति बर्दियाले बिहीबार बर्दिया जिल्लामा यातायात बन्द भनि आह्वान गरेको थियो।
तर, हालसम्म यातायात सेवा लगायत अन्य विभिन्न सेवाहरुमा सुचारु रहेको प्रहरीले जनाएको छ।
27
Shares
प्रतिक्रिया