परराष्ट्र मन्त्री एनपी साउद त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका छन्।
मन्त्री भएपछि पहिलो पटक उनी राहदानी विभाग पुगेर अनुगनमा जुटेका हुन्।
दैनिक हजारौँ सर्वसाधारणले राहदानी लिन लाइन लाग्ने यो कार्यालयको सेवा सुस्त रहेको गुनासो आउने गरेको छ।
यसअघि गृहमन्त्री हुँदा रवि लामिछानेले पनि यो कार्यालयको अनुगमन गरेका थिए।
मन्त्री साउदले अनुगमनका क्रममा सेवाग्राहीदेखि कर्मचारीसँगसमेत छलफल गरेका छन्।
318
Shares
प्रतिक्रिया