ad ad

समाज


शरीरको तापक्रम १०४ डिग्रीभन्दा बढी छ? लागेको हुनसक्छ ‘लु’

यी हुन् बच्ने उपाय
शरीरको तापक्रम १०४ डिग्रीभन्दा बढी छ? लागेको हुनसक्छ ‘लु’

नेपालखबर
जेठ ७, २०८० आइतबार १३:५४, काठमाडौँ

तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावा (लु) चल्नसक्ने सम्भावना बढेको छ। जसका कारण मानिसलाई ‘लु’ लाग्नसक्छ। 

सामान्य भाषामा ‘लु’ लाग्नुलाई गर्मी मौसमको रोग भनिन्छ।  

लु लाग्दाका लक्षण

-हृदयको गति तीव्र हुने

-श्वासप्रश्वास बढ्ने र रक्तचाप कम हुने

-टाउको अत्यधिक दुख्ने

-शरीरबाट पसिना ननिस्कने 

-चक्कर लाग्ने, अचेत हुने 

-शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने

-छाला सुक्खा हुने

बच्ने उपाय 

-चिसो पानीले नुहाउने 

-दिउँसो घरबाट बाहिर ननिस्कने 

-फलफूलको रस, पानी प्रशस्त पिउने

-धेरै पसिना आउने समस्या भए  जीवनजल पिउने  

-बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने 

-मदिरा नपिउने 

-चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने 

-क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .