ad ad

समाज


पेट दुख्छ? एपेन्डिसाइटिस भएको त होइन?

पेट दुख्छ? एपेन्डिसाइटिस भएको त होइन?

नेपालखबर
जेठ ८, २०८० सोमबार ११:२२, काठमाडौँ

पेट दुख्ने धेरै कारण हुन सक्छन्, जसमध्ये एउटा एपेन्डिसाइटिस पनि हो।

सानो आन्द्रा र ठूलो आन्द्राको बीचमा एउटा सानो अंग हुन्छ, जसलाई एपेन्डिक्स भनिन्छ। 

आन्द्राको ब्याक्टेरिया एपेन्डिक्समा सर्छ र संक्रमण निम्त्याउँछ, जसले एपेन्डिसाइटिस गराउँछ। संक्रमण धेरै बढ्दा एपेन्डिक्स फुट्छ।

 एपेन्डिक्स दुखाइ सामान्यतया नाभी क्षेत्रमा सुरु हुन्छ। यसको दुखाइ असह्य हुन्छ। 

 कारण

-आन्द्रामा ग्याँस भरिनु 

-एपेन्डिक्स लुमेन (भित्र)  मा दिसा अड्किनु 

-पेटमा कुनै गहिरो चोट लागेमा वा पाचन नलीमा संक्रमण भएमा

लक्षण 

-बिरामीको नाभीवरपरि दुखाईको महसुस हुनु

-पीडा बिस्तारै पेटको दाहिने भागतर्फ सर्दै जान्छ

-दुखाइसँगै  ज्वरो आउनु

-खोक्दा, हिँड्दा तथा शरीर चलाउँदा असहज महसुस हुनु

-वाकवाकी लाग्नु तथा बान्ता हुनु 

 उपचार

 -एपेन्डिटाईटिसको उपचारअन्तर्गत शल्यक्रिया र औषधिको प्रयोग गरी दुई तरीकाले उपचार गरिन्छ। 

-औषधिको प्रयोगद्वारा गरिने उपचारले बिरामीलाई दुखाइ कम भए पनि भविष्यमा पुनः बल्झिन सक्छ। 

-शल्यक्रिया नै एपेन्डिटाइटिसको उचित उपचार हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .