ad ad

समाज


बसको झ्यालबाट हात निकाल्दा ट्रकले च्यापेर एक यात्रुको मृत्यु

बसको झ्यालबाट हात निकाल्दा ट्रकले च्यापेर एक यात्रुको मृत्यु

नेपालखबर
जेठ १३, २०८० शनिबार १६:१९, काठमाडौँ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नं९ स्थित रजैयामा मिनि ट्रकको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको छ। मृत्य हुनेमा अन्दाजी ३० बर्षीय पुरुष रहेका छन्। उनको पहिचान खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार शनिबार बिहान बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा अर्कोतिरबाट आएको ट्रकले च्याप्दा ती पुरुषको पाता भन्दामुनिको भाग चुँडिएको थियो भने निधारमा चोट लागेको थियो।

त्यसपछि प्रहरीले उद्धार गरी अस्पताल पठाएको थियो। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रवक्ता कार्कीले बताए।

हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा आपसमा सडक क्रस गर्ने क्रममा च्यापिएर ती पुरुषको हात चुँडिएको हो।

ट्रक र ट्रक चालक नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .