प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिन आह्वान गरिएको छ।
संसदीय सुनुवाइ विशेष समितिले आज (बुधबार) सूचना प्रकाशन गरी संवैधानिक प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन अनुरोध गरेको हो।
कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित उजुरी दिन समितिले आग्रह गरेको छ। यही जेठ २६ गते कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा सूचना वा उजुरी दिन सकिने जनाइएको छ।
सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिद्वारा प्रकाशित सूचनामा उल्लेख छ।
समितिको मंगलबार बसेको बैठकले कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै उनीविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको थियो।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सर्वोच्च अदालत झन्डै १५ महिनादेखि प्रधानन्यायाधीशविहीन छ।
Shares
प्रतिक्रिया