सामाजिक सञ्जालको माध्यबाट यौन दुर्व्यवहार गरेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुम्ला जिल्लाको तिला गाउँपालिका–९ रासा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेश कुमार राउत रहेका छन्।
सामाजिक सञ्जालका विभिन्न प्लेटफमहरूमा साथी बनाई संवाद गर्ने क्रममा अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गरी स्क्रीन रेकर्डसमेत गरेर पटक–पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडिओ तथा तस्विर पोष्ट गरी दुःख हैरानी तथा चरित्रहत्या गरेको प्रहरीले जनाएको छ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
153
Shares
प्रतिक्रिया