नक्कली शरणार्थी प्रकरणमा मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलहरुको बहस सकिएको छ।
काठमाडौं जिल्ला अदालतमा जारी थुनछेकको बहसका क्रममा जिल्ला सरकारी वकिलको कार्यालयका वकिल र जाहेरवाला तर्फका अन्य वकिलले बहस सकेका छन्।
आइतबार सरकारी वकिल महेश खत्रीले बहस गरेका थिए। सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई र प्रकाश घिमिरेले बहस गरेका थिए।
मंगलबार सुरबहादुर परियार, निर्मला मरासिनी र हिरालाल घोलालको बहस सकिएको हो।
उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।
मंगलबार जाहेरवालाको तर्फबाट चिया ब्रेकअघि सुनिलकुमार शर्मा सापकोटा र दीपकराज रेग्मीले बहस गरे।
सरकारी वकिल र जाहेरवालाका वकिलको बहस सकिसँगै बुधबारदेखि प्रतिवादीका वकिलहरुको बहस सुरु हुनेछ।
48
Shares
प्रतिक्रिया