ad ad

समाज


गेटा आँखा अस्पतालको निःशुल्क शिविर सञ्चालन, १ सय ८८ जनाले पाए ज्योति

गेटा आँखा अस्पतालको निःशुल्क शिविर सञ्चालन, १ सय ८८ जनाले पाए ज्योति

नेपालखबर
जेठ २८, २०८० आइतबार १६:५३, काठमाडौँ

नेपाल नेत्रज्योति संघले गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहहरूसँगको सहकार्यमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहहरुको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानिय तहमा आँखा शिविर सञ्चालन गरिएको हो।

तिनवटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ।

पहुुँच र पैसाको अभावमा कुनै नागरिक दृष्टिविहिन भएर बस्न नपरोस् भन्ने हेतुले संघले देशका विभिन्न क्षेत्रहरुमा निःशुल्क आँखा शिविरहरू संचालन गर्दै आइरहेको हो।

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाँउपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो।

त्यस्तै, डोटी जिल्लाकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३९३ जनाको आँखा परिक्षण गरि ६० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्टले बताए।

त्यसैगरी जेठ १८ र १९ गते अछाम जिल्लाको मेल्लेख गाँउपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरि मोतियाबिन्दु देखिएका ५५ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो।

तिनवटै आँखा शिविरमा न्यूनदृष्टि देखिएका ४५२ बिरामीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको  अस्पतालका बाह्य कार्यक्रम व्यबस्थापक रमेशचन्द्र भट्टले बताए।

अस्पतालका चिफ मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझी लगायत १४ जना प्राविधिकहरुको टोलीले शिविरहÇमा सेवा प्रदान गरेका थिए।

अस्पतालले हरेक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थाहरुसंगको सहकार्यमा प्रदेशका नौवटै जिल्लाहरूका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .