भुटानी शरणार्थीहरुमाझ चर्चित नाम हो टेकनाथ रिजाल। नेपालमै रहेका र पुनर्वासमा गएका शरणार्थीहरुले अझै पनि रिजाललाई सम्मानित नेताका रुपमा चिनिन्छन्।
तर उनै शरणार्थी नेता रिजाल गत जेठ ४ गते पक्राउ परेयता जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन्।
उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा बिचौलियाहरुबाट पैसा खाएको आरोप छ।
उनले पक्राउ परेदेखि नै लगातार यो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बयान दिइरहेका छन्।
इजलासमा विचित्र : प्रतिवादी निदाउने, पालो आएपछि वकिल फाइल खोज्न निस्किने
आफूलाई प्रहरीले नियोजित रुपमा फसाइएको गुनासो उनले बारम्बार गरिरहेका छन्।
सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिरक्षा बहसका लागि हाजिर गराउँदा पनि रिजालले पुरानै शैली दोहोर्याए।
हज कमिटीका अध्यक्ष शमशेर मियाँ जस्तै आफूलाई पनि हिरासतमा प्रहरीले राम्रो व्यवहार नगरेको गुनासो गरेका उनले यो प्रकरणमा बिनाकारण फसाउन खोजिउको बताए।
जिल्ला प्रहरी परिसरबाट न्यायाधीश न्यौपानेको इजलासमा खटिएका थिए डीएसपी पवन भट्टराई। अर्का अभियुक्त शमेशर मियाँले न्यायाधीश न्यौपानेसमक्ष आइतबार नै प्रहरीले आफूहरुलाई राम्रो व्यवहार नगरेको गुनासो राखेका थिए।
सोमबार न्यायाधीश न्यौपानेले प्रतिवादीहरुलाई गरिएको व्यवहारलाई लिएर सचेत गराएसँगै नेता रिजाल डीएसपी भट्टराईतिर खनिएका थिए।
उनले इजलासमा आफूले गरेको अपराधबारे प्रहरीले अझै पनि उत्तर दिन नसकेको तर्क गरे।
‘मैले के चाहिँ अपराध गरेको थिएँ त? मैले के चाहिँ त्यस्तो नहुने काम गरेँ? तपाईंहरुले अहिलेसम्म के हेर्नु भयो त?’, उनले डीएसपी भट्टराईसँग जंगिँदै भने, ‘मैले के चाहिँ अपराध गरेँ? होइन, उहाँहरुले केही हेर्नुभएकै छैन, केही बुझ्नु भएकै छैन। गर्दै नगरेको काममा हामीलाई अफ्ठ्यारो पार्ने गरी मुद्दा चलाइयो।’
Shares
प्रतिक्रिया