प्यूठानमा गाडी दुर्घटना भएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट गाडी खसेको हो।
लु १ च ६३४५ नम्बरको उक्त गाडीमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि प्यूठान अस्पताल लगिँदै गरेको प्रहरीले बताएको छ।
114
Shares
प्रतिक्रिया